• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • ९ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १२ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १३ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १४ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १६ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १७ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

जनै हराएकाे बाहुनकाे थिम संबाद सार्बजनिक

जानकारी केन्द्र २०८१, माघ, २१

काठमाडौं ।  ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’

‘गाउँ नछोडी त सपना पूरा नहुँदो रहिछ साथी’

‘अब तँ कहिले फर्किन्छस् ?’

‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’

‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’

‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’

हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै)

आम गाउँले नेपाली युवाले भोग्दै आएको समस्या हो यो । सानासाना रहर र सपना पूरा गर्न वृद्ध भइसकेका एक्ला बाबुआमालाई अनकन्टार गाउँमा एक्लै छोडेर हिँड्नु परिरहेको वास्तविकता बोल्ने संवाद हुन्, चलचित्र ‘जनै हराएको बाहुन’को । गाउँका दुई साथीमध्ये एकले आफ्नो सपना पूरा गर्न सहर हिँड्ने बेलामा गाउँको साथीसँग गरेको बिदाइको संवाद हो ।

घर छोड्ने बेलामा आमाको अनुहारसमेत हेर्न नसकेको कारुणिक संवादले आम नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर र खाडी पसिरहेका छन् भन्ने छर्लंग पार्छ ।

समयलाई छेक्न कसैले सक्दैन भन्ने जान्दाजान्दै आमाको उमेर छँदै उनका रहर पूरा गर्ने अभिलाषा बोकेर सहर पसेको छोरो कसरी घर फर्किन्छ, सहरमा उसले खान्ने हन्डर र ठक्कर कस्ता हुन्छन् भन्ने ‘जनै हराएको बाहुन’को बाहुन चलचित्रबाट अपेक्षा गर्न सकिने यो संवादले प्रष्ट पारेको छ ।

चलचित्रका दुई मुख्य पात्रको कारुणिक स्वरमा रहेको यो संवादले देशको अहिलेको यथार्थ कथा बोल्ने हिन्स दिएको छ । चलचित्रले गम्भीर कथा इमोसनसहित भन्ने संकेत गरेको छ । थिम अनुसार चलचित्र बने आम दर्शकमा सिनेमा कनेक्ट हुनसक्छ ।

चलचित्र ‘जनै हराएको बाहुन’को यो थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिममा यो चलचित्रका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर छ ।

थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो चलचित्रको गीत गाउन अवसर दिइने निर्देशन न्यौपानेले जानकारी दिए । उत्कृष्ट स्वर हुनेले यो अवसर पाउनेछ । उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन् ।

यो चलचित्रको मुख्य भूमिकामा विजय बराल अनुबन्धित भइसकेका छन् । ‘जनै हराएको बाहुन’ हिमाल न्यौपानको डेव्यु निर्देशनमा निर्माण हुने लागेको चलचित्र हो ।

असोसियट निर्देशक ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् । उनको अभिनय पनि रहनेछ । उनका लागि निर्देशनको यात्राको सुरुआत भने पहिलो हुनेछ ।

‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेले बताए ।

चलचित्रको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।

नवीन गुरुङको छायांकन रहने चलचित्रको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) छन् । भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् ।

‘जनै हराएको बाहुन’ लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिनेछ । चलचित्रका गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहनेछ ।

निर्देशक न्यौपानेले चैतबाट छायांकन सुरु गर्ने जानकारी दिए । ‘जनै हराएको बाहुन’ २०८२ सालमा रिलिज हुनेछ ।

https://www.facebook.com/watch/?v=976616421103858

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.