रामेछाप । मन्थली नगरपालिका -११ गेलु पन्थली बस्ने २१ वर्षीय सुरेश माझीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । प्रहरीका अनुसार सोही ठाउँस्थित तामाकोशी नदीमा ब्याट्रीको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु
रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु