हैदाराबाद । सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो ।
वास्तवमा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक अभिनेत्रीसँग अर्कैसँग जोडिएर नाम चर्चामा आएको हो । त्यस बेला देखि सुरु भएको हो, जब अभिनेत्री पिकलबल प्रतियोगिता हेर्न गइन्, जसको तस्विर उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा शेयरसमेतण् गरिन् । यी तस्विरहरूमा सामन्था ‘सिटाडेल हनी बन्नी’ निर्देशक राज निदिमोरुसँग देखिएकी छिन् । त्यसपछि यी दुबैको डेटिङको खबर बाहिर चलेको हो ।
सामन्था वल्र्ड पिकलबल लिगको खेलमा चेन्नई सुपर च्याम्प्स टोलीकी मालिक हुन्, जब अभिनेत्री फेब्रुअरी १ मा खेल हेर्न गएकी थिइन्, उनले खेलको क्रममा तस्विरहरू सेयर गरेकी थिइन् । यी मध्ये एक तस्बिरमा सामन्था र राज एकअर्काको हात समातेको देखिए पछि फ्यानले दुवैसँगै रहेको अनुमान गरेका छन् । यद्यपी यस अफवाहको बारेमा न त उनीहरुले कुनै प्रतिक्रिया दिएका छन्, न त यसको कतैवाट पुष्टि हुन सकेको छ ।
सामन्था र राजको कुरा गर्ने हो भने यी दुवैले अहिलेसम्म दुईवटा प्रोजेक्टमा सँगै काम गरिसकेका छन्, जसमध्ये एउटा ‘सिटाडेल हनी बन्नी’ र अर्को ‘द फ्यामिली म्यानः २’ हो । यति मात्र होइन, दुवैले आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’मा पनि सँगै काम गरिरहेका छन् ।
आफ्नो एक अन्तर्वार्तामा अभिनेत्रीले राज र डीकेको बारेमा भनेकी थिइन् कि उनीहरुले मलाई करियरमा चुनौतिहरु लिन प्रेरित गरिरहेकाका छन् । पोस्ट सेयर गर्दै उनले लामो क्याप्शन लेखेकी छिन्, जसमा उनले यो रोलर कोस्टर यात्रामा राज र हिमांकबाट राम्रो साथीको आशा गर्न सक्ने भन्दै भावुक कुरा लेखेकी थिइन् ।
फिल्म निर्माता राज निदिमोरुले धेरै उत्कृष्ट फिल्महरूमा काम गरेका छन् तर डीकेसँग उनको जोडी बढी चर्चित छ। राज निदिमोरु र कृष्ण दशरको थापल्ली डीके चलचित्र जगतमा निकै चर्चित जोडी हुन् । यी दुबैले सँगै पहिलो फिल्म ‘शादी’ बनाएका थिए, जुन सन् २००२ मा रिलिज भएको थियो । यो छोटो फिल्म थियो तर दुबैले ‘द फ्यामिली म्यान’ पश्चात् दर्शकमाझ पहिचान बनाएका थिए ।
सामन्थाको कुरा गर्ने हो भने नायिकाले २०१७ मा नागा चैतन्यसँग विवाह गरे पनि २०२१ मा दुवैले एकअर्कासँगको सम्बन्ध तोडेका थिए । गत वर्ष अर्थात २०२४ मा नागा चैतन्यले शोभिता धुलिपलासँग विवाह गरिसकेका छन ।