• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ११ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ११ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १४ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १४ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १५ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १७ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १८ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • २. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ३. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ४. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ८. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ९. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • १०. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

रौतहट मधानी महोत्सवमा रविकिशनसँगै महाकुम्भकी भाइरल मोनालिसा आउने

जानकारी केन्द्र २०८१, माघ, २२

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा छैठौपटक आगामी फागुन महिनामा अती भव्यताका साथ मधानी महोत्सव आयोजना भईरहेको छ।

महोत्सवमा भारतीय सिने जगत बलिउडका सुपरस्टार अभिनेता रविकिशन, मोनालिसा देखी नेपाली दर्जनौँ कलाकारहरुको घुँईचो लाग्ने भएको छ।

पर्यटन प्रवर्द्धन गर्ने तथा पुरातात्विक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा पुर्याउने उद्देश्यले मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ११ गतेदेखि  १५ गतेसम्म पुरातात्त्विक महादेव मन्दिर परिसरमा हुन लागेको हो ।

मंगलवार पत्रकार भेटघाट कार्यक्रममा यस पटक मधानी महायज्ञ बिशेष समारोहको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंह रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्त्व झल्किने किसिमले आयोजना हुन लागेको  महायज्ञ फागुन ११ गते शुभारम्भ भई फागुन १५ गते समापन हुने बताइएको छ।

फागुन ११ गते शिव पार्वती पूजन, महाहवन तथा मधानी महोत्सव समुदघाटन, राती स्थानिय नाच,१२ गते शिव बारात यात्रा, राती स्थानिय नाच,१३ गते मधानी बिशेष समारोह,१४ गते मधानी बिशेष सांस्कृतिक समारोह हुने प्रमुख प्रशासकीय अधिकृत साहले बताएका छन्।

त्यसैगरी फागुन १५ गते अन्तर्राष्ट्रिय पहलावानहरुको सहभागितामा दंगल कुस्ती, सगै फागुन ११ गतेदेखि नै बिभिन्न खेल तमासाको ब्यवस्था गरिएको आयोजकले जनाएको छ।

फागुन १४ गतेहुने मधानी बिशेष साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा संघीय संसद तथा पूर्व मन्त्री प्रभु साह रहने छन्। त्यस्तै बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी हुने छन् । सोही दिन बलिउड र भोजपुरी सुपरस्टार अभिनेता तथा सांसद रबीकिशन, सुप्रशिद गीतकार एवं पूर्व मन्त्री बिनय बिहारी, भोजपुरी गायक तथा अभिनेता रित्तेश पाण्डे, भोजपुरी कलाकार मिन्टुवा, महाकुम्भकी भाईरल मोनालिसा, नेपाली कलाकारहरु सुनिल पण्डित, गायिका अन्नु चौधरी, सद्दाम हुसेन, रचना शिवाकोटी, गायक रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रौशनीराज, सरिता साह, अर्जुन बिसी , मनिषा राई, लगायत दर्जनौ कलाकारहरुले आआफ्नो प्रस्तुती दिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

पत्रकार सम्मेलनमा मौलापुर  नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको बताउँदै सरकारले त्यस तर्फ ध्यान नदिएको गुनासो गरिन।

पूर्व मन्त्री तथा संघीय सांसद प्रभु साहको सल्लाह अनुसार मौलापुर नगरपालिकाले २०७६ साल देखी प्रत्येक बर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ। पहिलो महोत्सव २०७६ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको तथा पशुपती मन्दिरका मूल भट्ट द्वारा विधिवत रूपमा पूजा आराधना गरी मधानीको शुभारम्भ गरिएको थियो।

महा शिवरात्रीको अवसर पारेर मौलापुर पुरातात्विक महादेव मन्दिरमा प्रत्येक बर्ष मधानी महायज्ञ भव्य रूपमा सम्पन्न हुँदै आएको छ। छोटो समयमै नेपाल र भारत लगायतका स्थानमा प्रशिद्ध भएको धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो गन्तब्य बनेको पुरातात्विक मन्दिरको प्राङ्गणमा छैटौँ पटकको मधानी महोत्सव २०८१ आयोजना गर्न मौलापुर नगरपालिकाको नगरसभाले ८७ लाख रुपैयाँ विनियोजन गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

यो मन्दिर नेपाल सरकारको १००वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेश भइसकेको छ। हजारौँ वर्ष पुरानो प्राचीन इतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता वक्ताहरुले बताएका थिए। पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा मेयर रिना कुमारी साह, उपमेयर नागेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह , आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष बिवेक कुमार साह, युवा नेता विजय यादव लगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो।

मधानी महायज्ञमा नेपाल र भारतका लाखौं सर्वसधारणको सहभागिता हुने र त्यसका लागि आवश्यक शान्ति सुरक्षा लगायतको ब्यवस्था गरिएको छ। मन्दिर रहेको स्थानमा बर्षौ पहिला शिवको मुर्ति फेला परेको थियो । त्यसपछि पुरातत्व विभागले उत्खनन गरेको थियो ।

उत्खनन गर्दै गर्दा त्यहाँ ऐतिहासिक रुपमा महत्वपुर्ण मन्दिर लगायतका बस्तुको फेला परेको थियो । त्यसपछि लगाातार उत्खनन हुदै गएपछि गुप्तकालिन बस्तुहरु फेला परेकाले पालिका त्यसको संरक्षण गर्न तर्फ लागेको छ । हजारौं बर्ष पुराना मन्दिर सहित बिभिन्न बस्तु फेला परेपछि त्यसलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने माग उठदै आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.