मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला
रौतहट । रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ती विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएको प्रधानाध्यापकको छोरा विद्यार्थीको शव १४ घन्टा पछि फेला परेको छ।
राजदेवी–६ स्थित बागमति नदीमा मूर्ति सेलाउन गएका वडा ७ मुडवलवाका विद्यार्थीहरू मध्ये बर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए।
बाग्मती नदीमा सरस्वतीको मुर्ति बिसर्जन गर्न गएको र अबेर सम्म घर नफर्केको हुदाँ निजको आफन्तले सोही नदीमा खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए।
खबर लगत्तै सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको बीरदल गण रौतहटबाट संयुक्त टोली खटिई गएको संयुक्त टोलीले खोजि गर्दै जादाँ आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मीटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। मृतक विधार्थी स्थानिय प्राबि मूडबलावाका प्रधानाध्यापक उमेश यादवको छोरा रहेका थिए।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

