• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ चैत २०८२, शुक्रबार
१३ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज
  • ६ घण्टा 

२०८२ चैत १५ गते आइतबार, यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
  • ९ घण्टा 

२०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल
  • १ दिन 

प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
  • १ दिन 

नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम
  • १ दिन 

लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
  • १ दिन 

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ,भुटान र भारतमा पनि प्रयोग गर्न सकिने
  • १ दिन 

ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत ०९ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ चैत ०८ गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ५. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ७. नेपाल राष्ट्र बैँकले सार्वजनिक गर्यो २०८३ सालको बैँक बिदा र समय तालिका (तालिकासहित)

  • ८. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • १०. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

देशभर ३,६९८ बालबालिका बेपत्ता,सबैभन्दा बढि बागमति र मधेश प्रदेशमा

जानकारी केन्द्र २०८१, माघ, २४

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुस मसान्तसम्मको तथ्याङ्क अनुसार देशभर बालबालिका हराउने क्रम बढ्दो रहेको छ । देशका सातवटा प्रदेशमा कुल ३,६९८ जना बालबालिका हराएका छन्, जसमा ३,१०६ जना फेला परेका छन् भने ५९० जना अझै बेपत्ता रहेका छन् । दुई जनाको मृत्यु भएको पनि तथ्याङ्कले देखाएको छ ।

बालक बेपत्ताको तथ्याङ्क
काठमाडौं उपत्यकामा २५० जना बालक बेपत्ता भएका छन्, जसमा २११ जना फेला परेका र ३९ जना अझै बेपत्ता रहेका छन् । कोशी प्रदेशमा १४२ जना बेपत्ता भएकामा १२५ जना फेला परेका र २४ जना अझै हराइरहेका छन् । मधेस प्रदेशमा १२१ जना बालक बेपत्ता भएका छन्, जसमा ९० जना फेला परेका छन् भने ३१ जना बेपत्ता छन् ।

बाग्मती प्रदेशमा ७१ जना बेपत्ता भएकामा ६६ जना फेला परेका र पाँचजना अझै हराइरहेका छन् । गण्डकी प्रदेशमा ७४ जना बालक हराएमध्ये ६४ जना फेला परेका, नौजना अझै बेपत्ता र एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा १८० जना हराएका छन्, जसमा १५६ जना फेला परेका र २४ जना अझै बेपत्ता छन् । कर्णाली प्रदेशमा ७२ जना बेपत्ता भएकामा ६७ जना फेला परेका र एक जनाको मृत्यु भएको छ भने सुदूरपश्चिममा १०९ जना बालक बेपत्ता भएकामा १०३ जना फेला परेका र छ जना अझै बेपत्ता छन् ।

बालिकाको अवस्था अझै भयावह
बालकको तुलनामा बालिकाको बेपत्ताको सङ्ख्या अझै बढी देखिएको छ । काठमाडौं उपत्यकामा ४१२ जना बालिका बेपत्ता भएकामा ३७२ जना फेला परेका र ४० जना अझै बेपत्ता छन् । कोशी प्रदेशमा ३५३ जना बेपत्ता भएकामा २९१ जना फेला परेका र ६२ जना अझै हराइरहेका छन् ।

मधेस प्रदेशमा सबैभन्दा धेरै ६४५ जना बालिका बेपत्ता भएकामा ४३७ जना फेला परेका छन् भने २०८ जना अझै हराइरहेका छन् । बाग्मती प्रदेशमा १९३ जना बेपत्ता भएकामा १७७ जना फेला परेका र १६ जना अझै बेपत्ता छन् । गण्डकीमा १८१ जना हराएकामा १५९ जना फेला परेका र २२ जना अझै हराइरहेका छन् ।

लुम्बिनीमा ४९३ जना बेपत्ता भएकामा ४१८ जना फेला परेका र ७५ जना अझै बेपत्ता छन् भने कर्णाली प्रदेशमा १५१ जना बेपत्ता भएकामा १४२ जना फेला परेका र नौजना अझै हराइरहेका छन् । सुदूरपश्चिममा २४४ जना बेपत्ता भएकामा २२८ जना फेला परेका छन् भने १६ जना अझै बेपत्ता रहेका छन् ।

बालबालिकाको सुरक्षामा गम्भीर ध्यान आवश्यक
तथ्याङ्क अनुसार बालकको तुलनामा बालिका हराउने क्रम बढी रहेको छ । बालक बेपत्ताको संख्या सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ भने बालिका बेपत्ताको संख्या सबैभन्दा धेरै मधेस प्रदेशमा छ ।

यस घटनाले बालबालिकाको सुरक्षाका लागि थप सजगता अपनाउनुपर्ने देखाएको छ । हराएका बालबालिकाको खोजी कार्यलाई प्रभावकारी बनाउन, सुरक्षाको उपायहरू बलियो पार्न तथा बेपत्ता हुने घटनालाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज
काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

ताजा

तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज

२०८२ चैत १५ गते आइतबार, यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त

२०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.