रवि लामिछानेको धरौटी २ करोड ७९ लाख, कसरी बुझाए यत्रो रकम ?
काठमाडौं । पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धरौटी रकम २ करोड ७९ लाख पुगेको छ । कास्की, काठमाडौं, रुपन्देही र चितवनका चार वटा सहकारीसँग सम्बन्धित मुद्दामा अदालतले लामिछानेलाई उक्त धरौटी तोकेको हो ।
कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहारा सहकारीबाट रकम अपचलनको आरोपमा लामिछानेलाई क्रमशस् ६५ लाख, ६० लाख, एक करोड र ५४ लाख धरौटी मागिएको थियो । चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गरेको छ ।
लामिछानेले १ लाख १० हजार रुपैयाँको बचत मात्र रहेको सम्पत्ति विवरण सार्वजनिक गरेको थिए, जसपछि उनी कसरी यत्रो धरौटी रकम जुटाए भन्ने जिज्ञासा उठेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार लामिछानेले चार वटै जिल्लामा बैंक ग्यारेन्टी पेस गरेका छन् ।
‘उहाँ (रवि) ले चार वटै ठाउँमा बैंक ग्यारेन्टी पेस गर्नुभएको हो,’ उनले भने, ‘बैंक ग्यारेन्टीका लागि उहाँका आफन्त, पार्टी शुभेच्छुक, व्यवसायिक पृष्ठभूमिका सदस्य र विदेशमा रहेका नेपाली समुदायले रकम जोहो गर्नुभएको हो ।’ बैंक ग्यारेन्टी भनेको एक पक्षले अर्को पक्षलाई भुक्तानीको सुनिश्चितता गर्न बैंक जमानी बस्ने व्यवस्था हो ।
सर्वोच्च अदालतले जारी गरेको निर्देशिका अनुसार, अदालतले बैंक ग्यारेन्टी स्वीकार गर्न सक्ने व्यवस्था छ, जुन केवल नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकबाट मात्र मान्य हुने छ । यसरी लामिछानेले बैंक ग्यारेन्टीको माध्यमबाट धरौटी रकम जुटाएको र अदालतमा पेस गरेका छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
