रवि लामिछानेको धरौटी २ करोड ७९ लाख, कसरी बुझाए यत्रो रकम ?
काठमाडौं । पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धरौटी रकम २ करोड ७९ लाख पुगेको छ । कास्की, काठमाडौं, रुपन्देही र चितवनका चार वटा सहकारीसँग सम्बन्धित मुद्दामा अदालतले लामिछानेलाई उक्त धरौटी तोकेको हो ।
कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहारा सहकारीबाट रकम अपचलनको आरोपमा लामिछानेलाई क्रमशस् ६५ लाख, ६० लाख, एक करोड र ५४ लाख धरौटी मागिएको थियो । चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गरेको छ ।
लामिछानेले १ लाख १० हजार रुपैयाँको बचत मात्र रहेको सम्पत्ति विवरण सार्वजनिक गरेको थिए, जसपछि उनी कसरी यत्रो धरौटी रकम जुटाए भन्ने जिज्ञासा उठेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार लामिछानेले चार वटै जिल्लामा बैंक ग्यारेन्टी पेस गरेका छन् ।
‘उहाँ (रवि) ले चार वटै ठाउँमा बैंक ग्यारेन्टी पेस गर्नुभएको हो,’ उनले भने, ‘बैंक ग्यारेन्टीका लागि उहाँका आफन्त, पार्टी शुभेच्छुक, व्यवसायिक पृष्ठभूमिका सदस्य र विदेशमा रहेका नेपाली समुदायले रकम जोहो गर्नुभएको हो ।’ बैंक ग्यारेन्टी भनेको एक पक्षले अर्को पक्षलाई भुक्तानीको सुनिश्चितता गर्न बैंक जमानी बस्ने व्यवस्था हो ।
सर्वोच्च अदालतले जारी गरेको निर्देशिका अनुसार, अदालतले बैंक ग्यारेन्टी स्वीकार गर्न सक्ने व्यवस्था छ, जुन केवल नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकबाट मात्र मान्य हुने छ । यसरी लामिछानेले बैंक ग्यारेन्टीको माध्यमबाट धरौटी रकम जुटाएको र अदालतमा पेस गरेका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

