Jankari Kendra
१० कार्तिक २०८३, सोमबार

पानी तताउने क्रममा करेन्ट लाग्दा एक युवतीको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २७
पानी तताउने क्रममा करेन्ट लाग्दा एक युवतीको निधन

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका ६ भमरकोटमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । २२ वर्षीया सरस्वती तिरूवा, जो कालीकोटकी स्थायी बासिन्दा हुन्, आइतबार बिहान करेन्ट लागेर ज्यान गुमाएकी हुन् ।

उनी पाँचखाल ६ स्थित सविता अर्यालको घरमा रेखदेख गर्दै बस्दै आएकी थिइन् । प्रहरीका अनुसार पानी तताउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स