Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दुरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २८
स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दुरी

काठमाडौं । जारी सिजनको स्पेनिस ला लिगामा आइतबार राति रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले बराबरी खेलेका छन्। साबिक बिजेता रियल र एटलेटिकोले १-१ गोलको बराबरी खेल्दा बार्सिलोनाले भने फराकिलो जित हासिल गरेको छ।

बार्सिलोनाले जित हासिल गर्दा रियल र एटलेटिकोसँगको अंक तालिकाको दुरी घटाएको छ। रियलका किलियन एम्बाप्पे र एटलेटिकोका जुलियन अल्भारेजले गोल गरेका थिए। एटलेटिकोले पेनाल्टीमार्फत् अग्रता लिएको थियो।

तर, खेलको ५० मिनेटमा रियलका एम्बाप्पेले गोल फर्काएका थिए। त्यसपछिको समयमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि खेल बराबरीमा टुंगियो।

बार्सिलोनाले सेभिल्लालाई ४-१ गोलले पराजित गरेका थियो। बार्सिलोनाका लेवान्डोस्की, लोपेज, राफिन्हा र गार्सियाले गोल गरेका थिए। सेभिल्लाका भर्गासले एक गोल गरेका थिए।

जितसँग बार्सिलोनाले २३ खेलमा ४८ अंकसहित लिगाको तेस्रो स्थानमा छ। समान खेलमा ५० अंकसहित रियल पहिलो र ४९ अंकसाथ एटलेटिको दोस्रो स्थानमा छ।

Top Changing Nepal

युट्युब सट्स