०५ फागुन २०८२, मङ्गलबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड

मुम्बई । विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो । फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ  किनभने धेरैजसो समीक्षकले फिल्मलाई निकै राम्रो भनेका छन् ।

अब यही कारणले ओपनिङ डे कलेक्सनका हिसाबले पनि फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको देखिन्छ । अचम्मको कुरा के छ भने यो वर्ष रिलिज भएका सबै बलिउड फिल्म फ्लप भएका छन् । यस्तो अवस्थामा छावाको ओपनिङ डे कलेक्सन हेर्दा यो वर्षको बलिउडको पहिलो ब्लकबस्टर फिल्म बन्न सक्ने देखिएको छ ।

लक्ष्मण उतेकर निर्देशित यस चलचित्रको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक बाहिर आएको छ र चलचित्रले बक्स अफिसमा आफ्नो बलियो पकड देखाएको छ । सकनिल्कमा उपलब्ध तथ्यांक अनुसार फिल्मले ३०-३२  करोड कमाएको जनाएको छ । तर, यी तथ्यांकहरू अन्तिम भने होइनन् ।

छावाले पहिलो दिनको कमाइले ७ फिल्मको कीर्तिमान तोडेको छ । यस वर्षको सुरुमा इमर्जेन्सी र आजाद रिलिज भएका थिए । जसको पहिलो दिन २.५ करोड र १.५ करोडको ओपनिङ थियो । यसपछि स्काई फोर्सको ओपनिङ डे कलेक्सन १२.२५ करोड र देवाको ५.५ करोड थियो । लभ्यापा र ब्याडअस रविकुमारको ओपनिङ डे कलेक्सनको बारेमा कुरा गर्दा १.२५ करोड र २.७५ करोड थियो। साउथमा नागा चैतन्यको फिल्म ‘ठण्डेल’ले पनि ओपनिङ डेमा ११.५ करोड कमाएको थियो ।

अब यी सबै फिल्मको ओपनिङ डे कलेक्सन हेर्दा छावाले रिलिज भएको केही घण्टामै सबैलाई पछाडि पारेको प्रष्ट हुन्छ । र अब अजित कुमारको ‘विदमुयार्ची’ को २६ करोडको ओपनिङ डे कलेक्सन पनि सुरक्षित नहुने अनुमान गरिएको छ । विक्की कौशलको फिल्म छावाको अग्रिम बुकिङको बारेमा कुरा गर्ने हो भने सक्कनिल्कको रिपोर्ट अनुसार फिल्मले ३०-३२करोड कमाइसकेको छ ।

छावालाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । छत्रपति शिवाजी महाराजका छोरा छत्रपति संभाजी महाराजको जीवनीमा आधारित यस फिल्ममा विक्की कौशलले संभाजी महाराजको भूमिकामा देखिएका छन् । अक्षय खन्नाले औरंगजेबको भूमिका खेलेर प्रशंसा जितेका छन् । जहाँ रश्मिका मन्डन्ना संभाजीकी पत्नीको भूमिकामा देखिएकी छिन् । कोइ मोईका अनुसार १३० करोडको बजेटमा बनेको यस फिल्ममा विनीतकुमार सिंह र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी

फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी
  • फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै
  • संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त
  • आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.