• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ बैशाख २०८३, शनिबार
०५ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १२ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १४ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १५ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १६ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १७ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • २१ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • २१ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • २. डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

  • ३. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ४. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ५. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ६. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ७. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ९. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • १०. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट

जानकारी केन्द्र २०८१, फाल्गुन, ३

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ। महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ ।

मौलापुर पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाद्वारा २०७६ साल देखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना हुँदै आएको छ। विगतको जस्तै यो वर्ष पनि महा शिवरात्रीको अवसरमा यही फागुन ११ गतेदेखि १५ गतेसम्म हुने मधानी बिशेष महोत्सव लाई पूर्ण सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न समिति उपसमिती गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

पतौरास्थित उत्खननबाट निस्किएको धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तीव्ररुपमा अगाडि बढाइएको मेयर रिनाकुमारी साहले बताएकी छिन्। मधानी महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मेला आयोजक मूल समिति संयोजकको जिम्मेवारी मेयर साहलाई दिइएको छ।

पुरातात्विक महादेव मन्दिर उत्खनन पछि पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सल्लाह अनुसार आयोजित मधानी महोत्सवको पहिलोपटक २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भन्डारीबाट उदघाटन भएर सुरुआत भएको थियो। मधानी महोत्सव छैटौँ संस्करण २०८१ मा यस पटक आयोजना हुँदैछ । मौलापुर नगरपालिकामा लगातार दोस्रोपटक मेयरको जिम्मेवारि पाएकी रिना कुमारी साहले मधानी महोत्सवलाई नगरको प्रमुख पर्यटकीय तथा सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आएकी छिन्।

संघीय संसद प्रभु साहले महोत्सवका सन्दर्भमा मेयर साहसँग महोत्सवको विभिन्न पक्षमा जानकारी लिएका छन्।  महा शिवरात्रीको अवसरमा शिव-पार्वतीको बिवाहोत्सवको रुपमा मनाउन मेयर साहको अध्यक्षतामा १०१ सदस्यीय मधानी महायज्ञ मूलसमिति  गठन भएको छ ।

यसैगरी लखिन्द्र साहको संयोजकत्वमा काँवरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, नगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएको छ।

त्यस्तै सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, उपमेयर नागेन्द्रप्रसाद यादवको संयोकत्वमा अतिथि सत्कार समिति, राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ ।

अागामी ११ गते देखी सुरु भईरहेको मधानी बिशेष महोत्सवको अवसरमा हिन्दी, भोजपुरी फिल्मका चर्चित बलिउड कलाकार एवं सांसद रवि किशन, भोजपुरी फिल्मका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, महाकुम्भकी भाईरल गर्ल मोनालिसा,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे लगायत चर्चित भारतीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसैगरी नेपाली कलाकार तर्फको गायिका अनु चौधरी, तथा कलाकार सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता रहने छ ।

यस पटक आयोजना भईरहेको महोत्सवको प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका मुखयमन्त्री सतीश कुमार सिंह रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। महोत्सवमा १० देखि १२ लाख श्रद्धालु अवलोकन गर्न मौलापुर पतौरा आउने विश्वास आयोजकले गरेको छ । मेलामा आउने भक्तजन तथा श्रद्धालुको सुरक्षाका लागि सैयौं स्वयं सेवक , ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.