• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १४ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १७ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १८ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १८ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट, देशकाे उत्कृष्ट १० को सूचीमा

जानकारी केन्द्र २०८१, फाल्गुन, ६

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल मधेश प्रदेश मै उत्कृष्ट बनेको छ भने देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको छ। मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षण पछि कार्यसम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको हो।

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिसत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको मेडिकल सुपरटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले न्युज कारखानालाई बताएका छन्।

प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम लगायत बिभिन्न निकायका ७ सदस्यिय टोलीले आईतवार देखी प्रादेशिक अस्पताल गौरको सुक्षम तरिकाले छड्के अनुगमन निरीक्षण सुरु गरेको थियो।

अनुगमन निरीक्षण पश्चात सोमवार साँझ अस्पतालको सभाकक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौं तह सुनिता गुप्ताको अध्यक्षतामा एक बिशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।

न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामी संग गर्ने ब्यवहार,भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिएका छन्।

कार्यक्रममा बक्ताहरुले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पातालको नामले परिचित भएको थियो। तर बर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।

कार्यक्रममा जिल्ला प्रसान कार्यालय रौतहतका प्रशासकिय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एमएमएस स्कोरिङ टिमका पदाधिकारीहरु लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रादेशिक अस्पताल गौरमा यस आर्थिक बर्षको ७ महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ।

गत साउन देखी माघ मसान्तसम्म २६ हजार ९६३ ओपिडी र १७ हजार ३३१ ईमरजेन्सी बिरामीको उपचार भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ। उक्त अवधिमा १३ हजार ९५८ बिरामीको रगतलगायत बिभिन्न परीक्षण, ७ हजार ४९८ जनाको एक्सरे भएको छ। त्यस्तै २३ सय ५७ गर्भवती महिलाको नर्मल सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी भएको अस्पतालका सर्जन डाक्टर शम्भुकुमार साहले बताएका छन्।

त्यसैगरी ६७ जना बिरामीको हडी सम्बन्धी अपरेसन, ६६ जनाको अन्य अपरेसन, २१ जना बिरामीलाई बिभिन्न रोग विरुद्ध थेरापी, अन्य ८५ जना जटिल रोगको उपचार गरिएको उनले जानकारी दिएका छन्।

त्यस्तै प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय किड्नी सम्बन्धी बिरामीको डायलासिस सेवा पनि सुरु भएको छ। अस्पतालमा रहेको ३ वटा मेशिनको सहयोगले दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १५ जना बिरामीको डायलासिस भईरहेको तथ्यांकमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.