क्यानडामा हिउँमा चिप्लिएर बिमान पल्टियो, १९ जना गम्भिर घाइते
टोरोन्टो । क्यानडाको व्यस्त टोरोन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ८० यात्रु बोकेको यात्रुवाहक विमान पल्टिँदा कम्तिमा १९ जना घाइते भएका छन् । सो बिमानमा रहेका घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको र घाइते हुने मध्येमा एक बालक पनि रहेको बताइएको छ ।
‘आपतकालीन टोलीहरूले प्रतिक्रिया दिइरहेका छन्। सबै यात्रु र चालक दलका लागि लेखा गरिएको छ,’ विमानस्थलले सामाजिक सञ्जालमा पोस्ट गरेको छ।
एयर एम्बुलेन्स कम्पनी ओर्गेले समाचार एजेन्सीहरूलाई भने कि घाइते बच्चालाई टोरन्टोको सिक किड्स अस्पतालमा लगिएको छ भने गम्भीर घाइते भएका दुई वयस्कहरूलाई अन्य क्षेत्रीय अस्पतालहरूमा पठाइएको छ । जहाँ उनीहरूको उपचार जारी रहेको छ।
जबकि दुर्घटनाको कारण अझै अज्ञात भनिए पनि टोरन्टोमा हिम आँधीको बीचमा भारी हावा र हिउँ परिरहेको बेला सो बिमान अवतरण गराइएको थियो । हप्ताको अन्त्यमा अनुमानित २२ सेन्टिमिटरहिउँले एयरपोर्टलाई ढाकेको थियो । धेरैले हिउँमा चिप्लिएर बिमान पल्टेको तर्क गरेका छन, यद्दपी छानबिन प्रकिया सुरू भएको त्यहाँको बिमान प्राधिकरणले जनाएको छ ।
सो बिमानको अमेरिकन कम्पनी डेल्टा एयरलाइन्सद्वारा सञ्चालित थियो।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
