०५ फागुन २०८२, मङ्गलबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

रि- रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का बिषयमा निर्देशक-निर्माता बिच लफडा

मुम्बइ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ ले अहिले पुनः रिलिजमा बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । यसैबीच, र रिलिजमा अकल्पनिय कमाइ गरिरहेको यो फिल्मको सिक्वेलका बारेमा भने विवाद सुरू भएको छ ।

वास्तवमा केही समय अघि ‘सनम तेरी कसम’ का निर्देशक राधिका राव र विनय सप्रुले एक अन्तर्वार्तामा ‘सनम तेरी कसमः २’ बनाउने घोषणा गरेका थिए तर फिल्मका निर्माता दिपक मुकुटले सन् २०२४ मा सिक्वेल बनाउने घोषणा गरेको भन्दै यसप्रति असन्तुष्टि जनाएका छन् । सो फिल्मको निर्माता आफु भएकाले फिल्मको अधिकार आफूसँग मात्रै रहेको जनाउँदै  उनीबिना फिल्मको सिक्वेल बन्न नसक्ने जनाएका छन ।

‘सनम तेरी कसम’ का निर्माता दीपक मुकुटले सिक्वेलको विवादमा बलिउड हंगामासँग कुरा गर्दै भने,  ‘सनम तेरी कसम फिल्मको निर्माता म नै हुँ र फिल्मको आईपी मेरो हो । त्यसैले यो फिल्मको सिक्वेल, प्रिक्वेल वा रिमेक बनाउने अधिकार पनि मसँग मात्रै रहेको छ, मैले सेप्टेम्बर २०२४ मा हर्षवर्धनसँग यसको सिक्वेल घोषणा गरेको थिएँ। जहाँसम्म निर्देशकहरू (विनय सप्रु र राधिका राव) को सवाल छ, मैले उनीहरूसँग यसबारेमा कुनै छलफल गरेको छैन। न उहाँले नै मलाई भेट्नु भएको छ, न त सिक्वेलका बारेमा कुनै कुराकानी नै गर्नु भएको छ । र, यो पनि भनिदिउ कि मैले अहिलेसम्म सिक्वेल फिल्मको निर्देशक तय गरेको छैन ।’

दीपक मुकुटले थप अगाडी भने, ‘मसँग कुरा गर्नु उहाँको काम हो, अरु केही नगर्ने तर उनले सिक्वेल बनाउने विषयमा अन्तर्वार्ता दिइरहेका छन् । फिल्मको अधिकार मसँग रहेको कुरा दोहोर्‍याउन चाहन्छु।’

कुराकानीका क्रममा दीपक मुकुटले सनम तेरी कसमः २ अहिले लेखन चरणमा रहेको बताए । उनका अनुसार चलचित्रको मुख्य अभिनेतामा अघिल्लो चलचित्रका अभिनेता हर्षवर्धन राणे नै रहने पक्का भएका छन् भने अभिनेत्रीको भने अझै फाइनल भइसकेको छैन् ।

सन् २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ पुनः गत ७ फेब्रुअरीमा रिलिज गरिएको थियो । सो फिल्मले २०१६ मा रिलिज हुदाँ अलटाइम १६.०३ करोड कमाएको थियो तर रि–रिलिजमा फिल्मले ३४.२९ करोडको बक्स अफिस कलेक्सन गरिसकेको छ ।

यो पुनः रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक पर्न सफल भइसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
  • गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी
  • फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.