यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर १२ पैसाले बढेको छ । आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । यसअघि मंगलबार डलरको खरिददर १३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३१ पैसामा भएको थियो ।
बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १४ पैसाले घटेको हो । मंगलबार युरोको खरिदमूल्य १४५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ०३ पैसामा खरिदबिक्री भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ २६ र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ २३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
