रौतहटमा डुबेर दुई बालिकाको मृत्यु
जानकारी केन्द्र
२०८१, फाल्गुन, ७
रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ।
घरको नजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएकी उनको नेश्नल अस्पताल विजयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।
यसैगरी रौतहट, माधव नारायण नगरपालिका-४ बिशुनपुर्वाकी १४ महिनाकी छोरी श्रृष्टि कुमारीको बाल्टिनको पानीमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ।
डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
