अमेरिकाले पनामाको होटलमा राख्याे नेपालीसहित ३ सय बढी आप्रावासीलाइ
पनामा । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन ।
जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने। यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको छ । यसैबीच केही तस्विरहरु बाहिर आएका छन्, जसले भावुक बनाउँछ ।
समाचार अनुसार पनामाको एउटा होटलमा करिब ३०० जना आप्रावासीलाई राखिएको छ । यी तस्बिरहरू ती व्यक्तिका हुन्, जसको हातमा ‘हामीलाई मधत गर्नुहोस्’ लेखिएको कागज देखिन्छ।
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ। होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिरमा होटल भित्र मानिसहरु सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौं’ जस्ता ब्यानर देखिएको छ।
यसबारे अधिकारीहरूले हिरासतमा रहेका आप्रवासीमध्ये ४० प्रतिशत अझै पनि आफ्नो देश फर्कन तयार नभएको बताएका छन्। अमेरिकी सरकारले उनीहरुलाई फिर्ता नगए सम्म उनीहरुलाई होटलमा राख्ने निर्णय गरेको छ । मिडिया रिपोर्टका अनुसार यी ३०० आप्रवासीमध्ये धेरैजसो भारत, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू रहेका छन्।
अमेरिकाले यी मध्ये केही देशबाट निर्वासन प्रक्रियामा केही समस्याहरू सामना गरिरहेको छ। यी मानिसहरू सबै समस्या समाधान नभएसम्म यस होटलमा बस्नेछन्। पनामाका सुरक्षा मन्त्री फ्रान्क एब्रेगोका अनुसार यस विषयमा बाहिर आएको छ। जसमा उनले यी मानिसहरूलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित नगरिएको बरु आफ्नै सुरक्षाका लागि हिरासतमा लिएको बताएका छन् । एब्रेगोले आप्रवासन सम्झौता अन्तर्गत सबैलाई उचित चिकित्सा सहायता र खाना र पानी उपलब्ध गराइएको बताए।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
