१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
काठमाडौं । कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरे २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो। २०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।
वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।
त्यसबेला वीरमानसिंहसहित चार जना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन्।तामाङको खुट्टा बाँधेर घाटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो। हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो।वीरमानसिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
