प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौं । फागुन २५ गतेबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा हुने भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गर्दै तिनवटा मैदानमा खेल हुने जानकारी गराएको छ । प्रधानमन्त्री कपका खेलहरु सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको पहिलो दिन फागनु २५ गते तीनवटा खेल हुनेछ । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लब तथा लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
प्रतियोगिताको दोस्रो दिन २६ गते पनि तीन खेल हुनेछ । दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
