बारा । महागढिमाई नगरपालिका-६ बबुआईन बजारस्थित सोही नगरपालिका-६ बबुआईन बस्ने निरन्जन चौधरीको इलेकट्रोनिक मोबाईल पसल र सोही ठाउँ बस्ने दिप नारायण चौधरीको किराना पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा मोबाइल पसलमा रहेका मोबाइल, कम्प्युटर, ल्यापटप र किराना पसलमा रहेका किराना तथा खाद्यान्न लगायतका सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।