प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पुनरागमनको दिवास्वप्न देखेको टिप्पणी गरेका छन् । शनिवार पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कामले पूर्वराजा हौसिएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने- ‘सरकारको पर्फरमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन्।’
उनले अगाडी भने- ‘अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने होकि भन्ने दिवास्वप्नमा छन्। र, त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन् ।’
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र जोगाउन आफुलाई साथ दिन आग्रह गरेको भिडियो सन्देश जारी गरेपछि राजनीतिक वृतमा तरंग आएको छ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्वराजालाई जेल हाल्नुपर्ने टिप्पणी गरेर विवादमा परेका छन् भने राप्रपाले व्यवस्था नै बदल्न बन्दै विरोध सभा शुरु गरेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

