केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ ।
आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् ।
यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड मछिन्द्र क्लब, एनआरटी क्लब, संकटा क्लब र केपी ओली एफसी खेल्दै छन् ।
प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने छ भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।
आज प्रतियोगिताको पहिलो दिन एएफपी र उज्बेकिस्तानको ब्ल्याक बुल्स खेल्दै छन् । एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।
युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ ।
त्यसैगरी प्रतियोगिताको भ्यालुवेबल खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

