थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन
जानकारी केन्द्र
२०८१, फाल्गुन, १२
काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको निधनको जानकारी दिएको हो ।
सन् १९७६ मा राजा भूमिबोल अदुल्यादेजले थानिनलाई थाइल्याण्डको १४औं प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री पद त्यागेपछि, थानिनलाई राजाको सल्लाहकार परिषद्मा नियुक्त गरिएको थियो, जहाँ उनले लगभग चालीस वर्ष सेवा गरेका थिए ।
१९७० को दशकमा क्रिभिचियान कट्टर कम्युनिस्ट विरोधी नेताको रूपमा चिनिएका थिए । सन् १९७६ मा भएको सैन्य विद्रोहपछि उनले देशको प्रधानमन्त्रीको पद ग्रहण गरे । यद्यपि, एक वर्ष पछि दोस्रो पटक भएको कूमा उनलाई पदच्युत गरिएको थियो ।
प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राले सामाजिक सञ्जाल पोस्ट मार्फत थानिनको मृत्युमा समवेदना व्यक्त गरेकी छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
