• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १२ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १३ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १४ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १४ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १९ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २१ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल फागुन १७ देखि २३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, फाल्गुन, १६

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। स्वास्थ्यलाई लिएर खानपानको विशेष ध्यान राख्नुहोला। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। साताको अन्तिममा स्वास्थ्य प्रति सचेत रहनुहोला। विरोधीहरू कमजोरीको फाइदा उठाउन सक्रिय रहनेछन्। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ४ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। अनुकूल कार्य मिल्नाले मन प्रसन्न रहनेछ। साताको मध्यमा कार्यक्षेत्रमा प्रतिष्ठा जोगाउनको लागि संघर्ष गर्नुपर्ला। मेहनतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। नोकरी वा पेशामा राम्रो प्रभाव पर्नेछ। यो साताको शुभ रंग गुलाबी र रातो हो भने शुभ अंक ४ र ५ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा धार्मिक वा सांस्कृतिक यात्राको रूपरेखा बन्नेछ। साहसिक निर्णय लिने समय रहेको छ। साताको मध्यमा पहिला गरेको कार्यहरूबाट लाभ प्राप्त हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सक्नुहुनेछ। साताको अन्तिममा प्रियजनहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। समाजको सामूहिक कार्यमा नेतृत्व गर्नुपर्ला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस् दिन ऊर्जावान रहनेछ। यो साताको शुभ रंग निलो र हरियो हो भने शुभ अंक ३ र ६ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा उच्च शिक्षाको लागि नयाँ अवसर प्राप्त हुनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। शेयर बजारबाट धन आर्जन गर्न सकिनेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक ४ र ६ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव हुछ सक्छ सचेत रहनुहोस्। चिताएको कार्यसम्पादन हुन गाह्रो हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन्। साताको अन्तिममा श्रम धेरै परेपनि कार्यक्षेत्रबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। पिताको साथ र सहयोगले मन प्रसन्न रहनेछ। सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक ३ र ८ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठित कार्य प्रारम्भ गर्न सकिनेछ। साताको मध्यमा कार्यक्षेत्रमा सहयोगी वर्गहरूले सोचेजस्तो सहयोग नदेलान्। विश्वासपात्रबाट धोखा मिल्न सक्छ सचेत रहनुहोस्। साताको अन्तिममा धर्मकर्ममा रुचि बढ्नेछ। स्वरुचीको कार्य मिल्नाले मन आनन्दित रहनेछ। सदैव देवी दुर्गालाई रातो फूल अर्पण गरेर दिन प्रारम्भ गरौँ। यो साताको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक ७ र ९ रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। साताको मध्यमा विद्यार्थीहरुलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन्। कार्यक्षेत्रमा सीनियर वा जुनियरको सहयोग मिल्नेछ। कमिसन वा साझेदारीमा कार्य गर्नेहरूलाई यो समय चुनौतीपूर्ण रहनेछ। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ६ र ७ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा पिताको कार्यक्षेत्रमा प्रगतिले मन प्रसन्न रहनेछ। कारोबारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। शेयर बजारतिर निवेश गर्दा जानकारको सल्लाह अवश्य लिनुहोस्। वैदेशिक शिक्षाको लागि गरिएको योजनाहरू सफल रहनेछन्। साताको अन्तिममा विद्यार्थी वर्गहरूको तर्कशक्तिमा वृद्धि हुनको साथै पढाइमा मन लाग्नेछ। नयाँ नोकरीको खोजमा सफलता प्राप्त हुनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक ५ र ७ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। चासो लाग्ने कार्यमा मन लाग्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा नयाँ उपलब्धि हासिल भएतापनि जिम्मेवारी बढ्नेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। साताको अन्तिममा आसमर्दो कार्य बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग निलो र बैजनी हो भने शुभ अंक ६ र ९ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ। बेरोजगार हुनुहुन्छ भने मनचाह नोकरी वा रोजगार मिल्ने सम्भावना रहेको छ। साताको मध्यमा कुनै विशेष व्यक्तिबाट उपहार मिल्न सक्छ। घरपरिवारमा मांगलिक कार्यमा सम्मिलित हुने अवसर मिल्नेछ। साताको अन्तिममा आर्थिक कारोबारलाई लिएर छोटो मिठो यात्रा गर्नुपर्ला। सदैव कालभैरवको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग गुलाबी र सेतो हो भने शुभ अंक २ र ७ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। नयाँ कार्यको थालनीमा विशिष्ट व्यक्तिहरूको सल्लाह लिनुहोस्। साताको मध्यमा प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। साताको अन्तिममा स्वास्थ्य वा आहारविहारमा सजग रहनुहोस्। मन मिल्दो साथी भेट्नुको साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक २ र ४ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ। भाइबहिनीहरूको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ। साताको मध्यमा काममा व्यस्तता रहनुपर्ने हुन्छ। मेहनत र लगनले रोकिएका कार्य सम्पादन हुनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा आफ्नो योग्यता देखाउने अवसर मिल्नेछ। धन सम्बन्धित मामलामा लाभ रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सदैव भगवान विष्णुलाई तिल अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग हरियो र खैरो हो भने शुभ अंक २ र ६ रहेको छ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.