कामना सेवा विकास बैंकको केएसबीबीएल ओलम्पिक्स २०८१ सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्क्द्यद्यी ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
शनिवार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय कार्यालय गरि कुल आठ समुहबाट खेलहरु आयोजना गरिएको थियो । पुरुष तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधी जितेको छ भने महिला तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधी जितेको छ । त्यसै गरी, पुरुष तर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई हराउदैं उपाधी जित्दा महिला तर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधी जितेकी छन् । विजेता तथा उपविजेता टिमलाइ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख संचालन अधिकृत विकास ढुङ्गानाले बंैकको तर्फबाट ट्रफि, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गुर्नभयो । उक्त प्रतियोगितामा लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा वोल्दै नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमहरुको कर्मचारीको शारिरिक तथा बौद्धीक क्षमता अभिवृद्धी हुनुका साथै कर्मचारीहरु बिचको आपसी सम्वन्ध समेत सुमधुर हुदै जाने विश्वास व्यक्त गर्नुभयो । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

