न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता
काठमाडौँ । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ ।
भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो ।
न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो ।
भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।
यो जितपछि भारत समुह ए मा समुह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् ।
अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुने छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

