यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा !
काठमाडौं । यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको बताइएको छ।
दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको कम्पनीले जनाएकोे छ।
यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्:
● उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५% छुट
● टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट
● लेबर चार्जेजमा ५०% छुट
● सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप
● नि:शुल्क बाइक वाश
● नि:शुल्क एएमसी कार्ड
● सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू
नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ। योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार अग्रवालले भने, “हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।”
एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड रहेको जनाइएको छ। यो आफ्नो अत्याधुनिक प्रविधि,उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ बजारको नेतृत्व गरिरहेको छ। यामाहाको गुणस्तरीय सेवा र ग्राहक हेरचाहप्रतिको समर्पणका कारण प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिन सक्नेछन्।
फागुन १८ देखि २४ गतेको बीचमा आफ्नो नजिकको यामाहा सेवा केन्द्र र अधिकृत सर्भिस पोइन्टहरूमा आउनुका साथै किफायती मूल्यमा विशेषज्ञ सेवाको आनन्द लिन आव्हान गरिएको छ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
