सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु: आईफोन १६ लक्की ड्र मार्फत जित्न सकिने
काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले २० फाल्गुनदेखि २७ फाल्गुनसम्म सी.जी एक्सचेन्ज मेला आयोजना गरेको बताइएको छ। ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाउनेछन् । जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू समावेश गरिएको छ।थापाथली स्थित आफ्नो शोरूमहरूमा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जनाएको छ।
यस एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू, र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउन सक्नेछन् । ग्राहकहरूले यस कार्यक्रममा निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा समेत उपलब्ध गराइने कम्पनीले बताएको छ।
सीजी मोटर्सले पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गर्ने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुने कम्पनीको दाबी छ । सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउँदै कम्पनीले, टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई टेस्ट ड्राइभमा विशेष उपहार पनि प्रदान गर्नुका साथै, सहभागीले आईफोन १६ लक्की ड्र मार्फत जित्न सक्नेछन् ।
सीजी मोटर्सको एक्सचेन्ज मेलाले नेपालमा इलेक्ट्रिक सवारी साधनलाई थप प्रवर्द्धन गर्ने बताइएको छ। ग्राहकहरूलाई थापाथलीस्थित ब्रान्डका शोरुमहरूमा गई सीमित समयको अवसरको फाइदा उठाउन आव्हान गरिएको छ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय