शंकरापुरमा आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, फाल्गुन, २३
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ बर्षका आकाश र २१ बर्षकै सुमन रहेका छन् भने अर्का ४५ बर्षका हरिजन रहेका छन् ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३.४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको प्रहरीले जानकारी दिएको छ ।
टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

