यामाहा नेपालले डब्लु आर १५५ आर सार्वजनिक गर्दै : खुला डर्ट ट्रयाक अनुभव प्रस्तुत गर्यो
काठमाडौं । यामाहा नेपालले अन-रोड र अफ-रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लु आर १५५ आर आधिकारिक रूपमा सार्वजनिक गरेको बताइएको छ। धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एडभेन्चर उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो।
कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एकमुष्ट साँचो हस्तान्तरण समारोहमा डब्लु आर १५५ आर का ग्राहकहरूलाई साँचो हस्तान्तरण गरे।
राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ-रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्यो। तालिमपछि सवारहरूले ओपन डर्ट ट्र्याकमा डब्लु आर १५५ आर को क्षमताहरूको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कण्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसर समेत पाएका थिए।
यामाहा डब्लु आर १५५ आर: बियोन्ड हिमालय
डब्लु आर १५५ आर यामाहाको डुअल-पर्पोज सेगमेन्टमा नवीनतम अफर हो जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ- रोड सवारीको रोमाञ्च खोज्नेहरूका लागि भनेर डिजाइन गरिएको छ।
निम्न प्रकारका मुख्य सुविधाहरू समावेश छन्:
शक्तिशाली १५५ सिसि लिक्विड-कूल्ड, भिभिए इन्जिन – यामाहाको उन्नत प्रविधिबाट तयार, सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्दछ।
हल्का तौल र टिकाउ फ्रेम – अफ-रोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको लागि डिजाइन गरिएको।
लंग ट्राभल सस्पेन्सन – उच्चकोटीको स्थिरता र नियन्त्रणको लागि टेलिस्कोपिक फ्रन्ट फोर्क र लिङ्क- टाइप रियर सस्पेन्सनले सुसज्जित।
२४५ मि. मि. उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१-इन्च फ्रन्ट ह्वील – चरम भूभाग र अवरोधहरू सजिलैसँग सामना गर्नको लागि उत्तम।
उत्कृष्ट ब्रेकिङ प्रणाली – अगाडि र पछाडिको डिस्क ब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ।
यो सुरुवातसँगै, यामाहा नेपालले साहसिक मोटरसाइकल चलाउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउँदै, सवारहरूलाई सीमा नाघ्ने र अन्वेषणको अर्थलाई पुन: परिभाषित गर्ने मेसिन प्रदान गर्दै आएको बताइएको छ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड रहनुका साथै यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धताको लागि प्रसिद्ध रहेको कम्पनीले जनाएको छ। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथमा बजारको नेतृत्व गर्दै आएको बताइएको छ।
यामाहाको गुणस्तरीय सेवा र ग्राहक सेवाप्रतिको समर्पणले प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिने कुरा सुनिश्चित गर्दछ। डब्लु आर १५५ आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध छ र यो “बियोन्ड हिमालय” जान साहस गर्नेहरूका लागि तयार रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय