लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज फ्रि
काठमाडौँ । इलेक्ट्रिक स्कुटरको बजारमा ख्यातिप्राप्त लुयान नेपालले होलीको अवसरमा विशेष अफर सँचालन गरेको छ । लुयान तथा इकुटरका कुनै पनि स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुटका साथै हेलमेट, बाइक कभर तथा होली टिसर्ट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीसँग रु. १ लाख ५० हजार देखि २ लाख ७० हजारसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर रहेका छन् । जसमध्ये सबैभन्दा परिचित र बढी बिक्रि हुने MNK3 मोडेलको स्कुटर रहेको बताइएको छ । जसको मुल्य जम्मा १ लाख ९२ हजार ६ सय मात्र छ । त्यसमा पनि अहिलेको अफरमा किन्दा जम्मा १ लाख ७७ हजार ६ सयमा पाउन सकिन्छ ।
त्यसैगरी कम्पनीसँग रु. २ लाख १५ हजार १ सयमा लुयानको S90, २ लाख २५ हजारमा इकुटरको E3, २ लाख ९ हजार ७ सयमा विँगर लगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । कम्पनीसँग जम्मा १ लाख ५० हजार पर्ने काइसाइ ब्राण्डको स्कुटर पनि रहेको जनाइएको छ ।
कम्पनीले लिथियम आयन र ग्राफिनी दुबै बेट्रि अप्सनमा स्कुटरहरु उपलब्ध गराएको बताएको छ ।
सामान्यतयाः नेपाली बजारमा भएका अन्य इलेक्ट्रिक स्कुटरहरुको तुलनामा समान गुणस्तर र कन्फिगुरेसनमा हेर्दा लुयानका स्कुटर धेरै नै सस्तो रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । त्यसका साथसाथै स्पेयर पार्ट्सको पनि मुल्य कम भएको उनको दाबी छ ।
कुनै पनि सवारीसाधनको बिक्रि भन्दा पनि बिक्रिपछिको सेवा महत्वपुर्ण हुने भन्दै सेल्स हेड शर्माले त्यसका लागि कम्पनीको काठमाण्डौं उपत्यका भित्र मात्रै १५ वटा सर्भिस सेन्टर सँचालनमा रहेको जानकारी दिए ।
लुयान तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक सोल डिस्ट्रिव्यटर जीरो इमिसन राइड एन रहेको छ । जसले नेपाली बजारमा विगत ६ बर्ष देखि इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
