भारतको मुम्बईमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, फाल्गुन, २५
काठमाडौँ । भारतको मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो ।
निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ । मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन् ।
बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको थियो।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
