Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २६
आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

जाजरकोट ।  जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Top Changing Nepal

युट्युब सट्स