सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ ।
५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत) ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुनेछ । यो खाता १८ वर्ष पुगेका सवै नागरिकले खोल्न मिल्नेछ ।
यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेविट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउनुहुनेछ । यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डीम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुने छ ।
ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

