साउदी अरबको लगानीको स्कोपलीले किन्यो ‘पोकेमोन गो’
काठमाडौँ । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ) द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्कोपलीले निआन्टिक ल्याब्सको भिडियो गेम डिभिजन ३.५ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ ।
स्कोपलीले पोकेमोन गो, मोन्स्टर हन्टर नाउ र पिकमिन ब्लूम जस्ता खेलहरू बनाउन प्रयोग गरिएको गेम डिभिजन अधिग्रहण गरेको जानकारी दिएको हो ।
अप्रिल २०२३ मा, पिआईएफको पूर्ण स्वामित्वमा रहेको स्याभी गेम्स ग्रुपले ४.९ अर्ब डलरमा स्कोपली अधिग्रहण गरेको थियो ।
लगभग एक दशक अघि सुरु गरिएको भए पनि, पोकेमोन गो अझै पनि विश्वको सबैभन्दा लोकप्रिय भिडियो गेमहरू मध्ये एक हो, जसमा २० करोडभन्दा बढी साप्ताहिक सक्रिय खेलाडीहरू छन् । निआन्टिक ल्याब्सको मोबाइल गेम व्यवसायले २०२४ मा १ अर्ब डलरभन्दा बढी आम्दानी गरेको थियो ।
अमेरिकामा आधारित फर्मले सम्झौता अन्तर्गत आफ्ना इक्विटी होल्डरहरूलाई अतिरिक्त ३५० डलर मिलियन वितरण गर्ने बताएको छ, जसले कम्पनीका शेयरधारकहरूको लागि लगभग ३.८५ बिलियन डलरको कुल मूल्य प्रदान गर्नेछ ।
यसका साथै निआन्टिक एआईमा पनि प्रवेश गरेको छ । यसको संस्थापक र सीईओ, जोन हान्केको नेतृत्वमा निआन्टिक स्पेटियल नामक नयाँ कम्पनीको शुरुवात गरेको घोषणा गरेको छ । कम्पनीलाई २५० मिलियन डलर पूँजीको साथ वित्त पोषित गरिएको र निआन्टिकको ब्यालेन्स शीटबाट २०० मिलियन डलर र स्कोपलीबाट ५० मिलियन डलर लगानी गरिएको उल्लेख छ ।
भिजन २०३० को सुरुवातदेखि, साउदी अरेबियाले गेमिङ उद्योगलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ, पीआइएफले पहिले नै निन्टेन्डो, इलेक्ट्रोनिक आर्ट्स र टेक-टू इन्टरएक्टिभ जस्ता प्रमुख कम्पनीहरूमा आफ्नो हिस्सेदारी बनाएको छ ।
२०२४ मा, साउदी अरेबियाले ईस्पोर्ट्स विश्वकप पनि आयोजना गर्यो, जसमा ६० मिलियन डलरभन्दा बढीको पुरस्कार पूल रहेको थियो ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

