हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु
काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ । अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये एकमा हवाई आक्रमण सुरु गरेको हो । अमेरिकी आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा ५३ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । आक्रमणबाट हुथीहरूको मुख्य गढ मानिने साना र सादा जस्ता क्षेत्रहरूमा पनि मानिसहरू घाइते भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमण हुथी विद्रोहीहरूले अब त्यसो गर्ने क्षमता नराखेसम्म जारी रहने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले आफ्नो आक्रमण बन्द गरेनन् र इरानलाई जिम्मेवार ठहर गरेनन् भने अमेरिकाले ‘अत्यधिक घातक शक्ति’ प्रयोग गर्ने बताएका छन् ।
हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय ढुवानीलाई बारम्बार निशाना बनाउने गरेका छन् । हालै उनीहरुले दुईवटा जहाज पनि डुबाइदिएका छन् । हुथी विद्रोहीहरूले यसलाई प्यालेस्टाइनसँगको ऐक्यबद्धताको प्रदर्शनको रूपमा आफुहरुले यी आक्रमण गरेको बताउदै आएका छन् ।
अमेरिकाले हाल शुरु गरेको हुथी विद्रोहीहरू विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण हो । अमेरिकी अधिकारीहरूले यस आक्रमणमा धेरै हुथी नेताहरूलाई निशाना बनाइएको बताएका छन् । यसैबीच, हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ दिने धम्की दिएका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
