• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा?

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।

यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।

थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।

थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २औ५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।

उनी २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बनेका थिए। २०७२ साउन ८ गते प्रहरी उपरीक्षक बनेका थापा २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भए।

२०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बनेका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक भएका थिए।

नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसकेका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख छन्।

उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसकेका छन्।

साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन्।

थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका छन्।

थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन्।

तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल छ महिना थपिने छ।

थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिन्छन्। उनी आक्रामक प्रहरी अधिकृत पनि हुन्। थापालाई मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ। सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

कुँवरले दुई वर्ष लामो कार्यकालमा धेरै काम गरे पनि सरुवा-बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए।

छ महिनाको छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कुन बाटोमा डोर्‍याउँछन् हेर्न बाँकी छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.