Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

रचना रिमालको जुनी जुनीमा स्मारिका र शिसन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ४
रचना रिमालको जुनी जुनीमा स्मारिका र शिसन

काठमाडौं । गायिका रचना रिमालको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो रिलिज गरिएको छ। दीपनराज शिवाकोटीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ।

भिडियोमा मोडलद्वय स्मारिका ढकाल र शिसन सिङ बलको अभिनय देख्न सकिन्छ। पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई देखाइएको छ। बिछोडको सिनमा कैयौं पटक भक्कानिएकी छिन् स्मारिका।

भिडियोलाई निर्देशक दिनेश  बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। प्रेमीबाट पाएको धोका भिडियोमा देखाइएको छ। शिसनले  यसअघि नक्कली कान्छी, अल्लारे ठिटो, आमा, मान्छेको जात, बिँडी पार्टी, साथी लगायतका दर्जनौं गीतहरू बजारमा आइसकेका छन्।

सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ। विकाश दाहालको सम्पादन रहेको  जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो।

Top Changing Nepal

युट्युब सट्स