हिमालय टिभी बन्यो एनसेल नेपाल सुपर लिगको प्रसारण साझेदार
काठमाडौं । देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ। यो साझेदारीले नेपाली फुटबललाई दर्शकहरूको अझै नजिक लैजाने र देशभरका एनएसएल प्रशंसकहरूका लागि यो सुन्दर खेलको मजा अझ रमाइलो बनाउनेछ।
साझेदारीको बारेमा जानकारी दिँदै एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले भने, ‘हामी एनसेल एनएसएल सिजन ३ को लागि आधिकारिक प्रसारण साझेदारको रूपमा हिमालय टिभीसँग जोडिन पाउँदा खुसी छौं। वहाँहरूको उच्च गुणस्तरको स्क्रिनिङ प्रसारण गर्ने विशेषज्ञता र बलियो प्राविधिक ज्ञानले लिगसँग प्रशंसकहरूलाई जोड्न सजिलो बनाउने छ। यो सहकार्य ठूलो फ्यानबेस सिर्जना गर्न महत्त्वपूर्ण हुनेछ। यसले लिगको भविष्यलाई आकार दिनुका साथै नेपाली फुटबलको लेगेसी पनि सुनिश्चित गर्नेछ। ’
आधिकारिक प्रसारकको रूपमा हिमालय टिभीले एनसेल एनएसएल सिजन ३ मा उल्लेखनीय क्षणहरू सिर्जना गर्दै नेपाली फुटबलको ऐतिहासिक विकास र जोशलाई लिपिबद्ध गर्ने जनाइएको छ।
नेपाल सुपर लिग (एनएसएल) को बारेमा
नेपाल सुपर लिग (एनएसएल) नेपालको फ्रान्चाइजमा आधारित पहिलो व्यावसायिक फुटबल लिग हो। यसले देशका उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्ने प्रयास गर्दछ। एनएसएलले नेपाली फुटबललाई व्यापक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ जहाँ खेलाडी र टिमहरूसँगै फ्यानहरू पनि मैदानमा उत्रिएर खेल भावनामा रमाउन सक्छन्। लिगले प्रतिस्पर्धात्मकता, सामुहिकताको भावना र समग्रमा नेपाली खेलकुदको विकासलाई बढावा दिने बताइएको छ।
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

