स्याङ्जाको मझकोटमा विंगर गाडी दुर्घटना , एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०८१, चैत्र, ९
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका—७, मझकोटमा विंगर गाडी दुर्घटना हुँदा एक जनाको महिलाको ज्यान गएको बताइएको छ । वालिङ—७, हिलेपानी बस्ने ४८ वर्षिय दिलसरा आलेको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
केँवरेबाट पोखरा हिँडेको ग १ ज ७५११ नं को विंगर दुर्घटना भएपछि चालक सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । स्थानीयले करिब ७ बजे मझकोटमा उक्त सवारी साधन दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटना कति बेला र कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
