Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

यामाहा नेपालले सुरु गर्यो ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १०
यामाहा नेपालले सुरु गर्यो ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको एआरएआई – प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ सगर्व प्रस्तुत गरेको छ। एड्भान्स हाइब्रिड टेक्नोलोजीका साथ निर्माण भएको रेजेडअर १२५ एफआई हाइब्रिडले पावर, दक्षता र स्मार्ट इनोभेसनको उत्तम सन्तुलन प्रदान गर्दछ, जसले यसलाई पर्फर्मेन्स र माइलेज दुवै खोज्ने राइडरहरूको लागि उपयुक्त विकल्प बनाउँछ।

रेजेडआर १२५ एफआई हाइब्रिडमा हाइब्रिड पावर असिस्ट प्रणाली रहेको छ जसले एक्सेलेरेशनको समयमा अतिरिक्त टर्क बूस्ट प्रदान गर्दै सहज एवम् शक्तिशाली सवारी सुनिश्चित गर्दछ। साथै, यसको ओबिडी- आईआई (अन-बोर्ड डायग्नोस्टिक्स आईआई) प्रणालीले निरन्तर रियल-टाइम इन्जिन हेल्थको निगरानी गर्दछ र चिन्तामुक्त सवारी अनुभवको लागि टिकाउ र विश्वसनीयता दुवै बनाउँछ।

खेलकुद र युवा संलग्नताप्रति प्रतिबद्ध यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड आगामी नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा काठमाडौँ रेजर्स टिमको टाइटल स्पोन्सर रहेको छ। एनएसएल सिजन १ को च्याम्पियनको रूपमा काठमाडौँ रेजर्सले नेपालको फुटबल लिगमा आफूलाई एक प्रमुख शक्तिशाली टोलीको रूपमा स्थापित गरेको छ र टोलीको लागि आफ्नो अटुट समर्थन जारी राख्न पाउँदा यामाहाले गर्व गरेको बताइएको छ।

७१.३३ किलोमिटर प्रति लिटर माइलेज, एड्भान्स हाइब्रिड प्रविधि र नेपालको फुटबल क्षेत्रसँग बलियो सम्बन्धको साथ यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड अतुलनीय इन्धन दक्षता र रोमाञ्चक प्रदर्शन खोज्ने सवारहरूको लागि सहि विकल्पको रूपमा उभिएको जनाइएको छ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि परिचित नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। देशभर व्यापक उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ जसले प्रत्येक सवारलाई निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द प्रदान गर्दछ।

Top Changing Nepal

युट्युब सट्स