पिठोमा यी चिज मिलाउनु होस्, हुनेछ पौष्टिक तथा स्वास्थ्यजनक बढी
काठमाडौं । हाम्रो भान्सामा रोटी, पकोडा, हलुवा, नमकीन र मिठाई बनाउन चनाको पिठो प्रयोग गरिन्छ। तर, के तपाईंले कहिल्यै बेसनको रोटी चाख्नु भएको छ ?
बेसनको रोटी स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन र फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई फाइदा पुर्याउँछ र शरीरलाई ऊर्जासमेत प्रदान गर्छ। बेसनको रोटी घरमै बनाउनुहुन्छ भने यसमा केही फरक–फरक सामग्री थपेर यसलाई थप पौष्टिक बनाउन सकिन्छ ।
यहाँ जानिराखौं बेसनको पीठो मुछ्दा के–के चिज मिसाउँदा फाइदा हुन्छ ?
मेथीको पातः मेथीको पातमा भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । यसलाई बेसनको पिठोमा मिसाउँदा रोटीलाई स्वादिलो मात्र बनाउँदैन, यसले पाचन प्रणालीलाई पनि सुधार गर्छ र शरीरमा आइरनको कमीलाई हटाउन मद्दत गर्छ।
सातुः सातु चना वा जौबाट बनाइन्छ। यो प्रोटिन र फाइबरको राम्रो स्रोत हो। बेसनको पिठोमा मिसाएर खाएर रोटीलाई स्वस्थ्य बनाउँछ, जसले पेटलाई स्वस्थ राख्न र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
बेसारः बेसार एक प्राकृतिक एन्टी–इन्फ्लेमेटरी र एन्टि अक्सिडेन्ट हो। बेसनको पिठोमा बेसार मिसाएर खाँदा रोटी बढी स्वस्थ हुन्छ, जसले शरीरमा सूजन कम गर्छ र रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ।
आलासको धुलोः फ्ल्याक्स सीडमा ओमेगा ३ फ्याटी एसिड, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसलाई बेसनको पिठोमा मिसाउँदा रोटी हलुका र सजिलै पच्ने खालको हुन्छ। साथै, यो मुटुका लागि पनि फाइदाजनक हुन्छ ।
धनिया र जीराः धनिया र जीराले रोटीको स्वाद मात्र बढाउँदैन, पाचन पनि सुधार गर्छ। जीरामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ भने धनियाले शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ।
बेसनको रोटी स्वास्थ्यका लागि किन फाइदाजनक हुन्छ ?
तौल घटाउनः बेसनको रोटीको सेवनले शरीरमा अतिरिक्त बोसो जम्मा हुनबाट रोक्छ। चनामा फाइबर, पोटासियम, म्याग्नेसियम, आइरन र कपर जस्ता आवश्यक पोषक तत्वहरू हुन्छन्, जसले तौल सन्तुलनमा राख्न मद्दत गर्छ। यसका साथै यसले आन्द्राको कमजोरीलाई हटाएर पाचन प्रणालीलाई बलियो बनाउँछ ।
पौष्टिक तत्वले भरिपूर्णः चना स्वादिलो मात्र नभएर पौष्टिक तत्वले पनि भरपुर हुन्छ। १०० ग्राम चनामा करिब ३५० किलो क्यालोरी ऊर्जा, २३.३३ ग्राम प्रोटिन, ३.३३ ग्राम फ्याट, ५६.६७ ग्राम कार्बोहाइड्रेट, ६.७ ग्राम फाइबर, ४.८ मिलीग्राम आईरन र १७ मिलीग्राम सोडियम पाइन्छ । चनाको रोटी तपाईको शरीरको लागि धेरै लाभदायक हुन्छ।
मुटुका लागि फाइदाजनकः बेसन रोटी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, विशेषगरी मुटुलाई स्वस्थ राख्नको लागि यो निकै महत्वपूर्ण हुन्छ । यसमा फाइबर र प्रोटिन प्रचुर मात्रामा पाइन्छ, जसले तौल नियन्त्रणमा मात्र नभई मुटु रोगीका लागि पनि फाइदाजनक हुन्छ । यसमा पाइने फाइबरले मुटुलाई स्वस्थ राख्न र कोलेस्ट्रोलको स्तर सन्तुलित राख्न मद्दत गर्छ ।
कोलेस्ट्रोल घटाउन सहयोगीः चनाको सेवनले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ किनभने यसमा फाइबर र पोलिअन स्याचुरेटेड फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ। यसले हानिकारक कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ, जसले हृदयसँग सम्बन्धित रोगहरूको जोखिमलाई धेरै हदसम्म कम गर्छ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
