• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १७ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १९ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • २१ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • २२ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • २२ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १ दिन 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • १ दिन 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • २. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ३. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ९. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • १०. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम स्थानहरुमा बेबी वार्मर प्रदान

जानकारी केन्द्र २०८१, चैत्र, १६

 काठमाडौँ । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ। बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा पनि बेबी वार्मर प्रदान गरेको हो।

ज्योति विकास बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ। साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका वडा नं. ०२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका वडा नं. ०५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ। यसका अतिरिक्त, बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ०२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ। बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसुति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरु पनि थप उत्साहित भएका छन्। विभिन्न कार्यक्रमहरु मार्फत बैंकका मार्केटिंङ्ग, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख श्री कुशल जंग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत यी ४ वटा अस्पताल तथा बर्थिंग सेन्टर सहित हालसम्म देशभर ५९ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ। यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २०६५ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ। साथै हालसम्मको योगदानले करिब १०३२५ भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब रु. ४० करोडले राजस्वमा योगदान पुर्‍याएको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु. १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.