सलमानकाे सिकिन्दरलाइ पछि छाडदैँ एम्पुरानले कटायो ५ दिनमा २०० करोड
मुम्बई । सुपरस्टार मोहनलालको मलयालम एक्शन थ्रिलर एल २ः एम्पुरनले बक्स अफिसमा २०२५ को भारतीय चलचित्रको लागि ओपनिङ सप्ताहमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।
पछिल्लो ४ दिनको ओपनिङ सप्ताहन्तमा मलयालम फिल्मले सबैभन्दा ठूलो स्कोर हासिल गरेको छ।
पृथ्वीराज सुकुमारन द्वारा निर्देशित एल २ एम्पुरानले विश्वव्यापी रूपमा लगभग १७६ करोड सकल सङ्कलन गरिसकेको छ । जसका कारण ४ दिनको सप्ताहन्तमा सबै समयको तेस्रो सबैभन्दा धेरै कमाउने मोलिवुड फिल्म बन्न सफल भएको छ । छावाले परम्परागत ३ दिने सप्ताहन्तमा विश्वभर करिब १६५ करोड कमाएको थियो ।
यसको सुरुवाती सप्ताहन्तमा मोलिउड ब्लकबस्टरले विदेशी बक्स अफिसमा १०० करोड भन्दा बढी कमाउन सफल भएको छ, जुन कमाइ गर्ने पहिलो मलयालम फिल्मसमेत बनेको छ । घरेलु रूपमा यसले लगभग ६९ करोड कमाएको छ, जसमा गृह राज्य केरलामा लगभग ४३ करोड संकलन समावेश छ।
यसैबीच इम्पुरानले पाँचौं दिनमा पुग्दा विश्वभरबाट २०० करोड कमाएको छ, जुन चलचित्रले ईदको छुट्टीको फाइदा उठाउन सफल भएको छ । यो ‘मन्जुम्मेल ब्वाईज’ को २४१ करोड कमाई पछिको सबै समयको यति धेरै कमाइ गर्ने यो दोस्रो मलयालम फिल्म हो तर यो माइलस्टोन तोड्ने सबालमा भने सबैभन्दा छिटो बनिसकेको। यो पहिलो हप्ता समाप्त हुनु अघि नै सबैभन्दा ठूलो कमाइ हुने सम्भावना प्रस्टै देखिएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

