बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि
काठमाडौं । कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा विश्वकै अग्रणी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ।यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको बताइएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक र भौगोलिक अवस्थाका लागि आवश्यक पर्ने हाई-पर्फर्मेन्स सोलुसन्स प्रदान गर्ने कम्पनीले जनाएको छ।
नेपालले आफ्नो राष्ट्रिय दिगोपन लक्ष्यहरूको एक हिस्साको रूपमा विद्युतीय सवारी साधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेलाफोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम रहेको कम्पनीको दाबी छ । सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको समेत बताइएको छ।
लन्च कार्यक्रममा बोल्दै, फोटोन मोटरका सीईओ तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए। उनले भने, “विकसित हुँदै गरेको नेपालको यातायात क्षेत्रलाई कार्यसम्पादन, दिगोपन र विश्वसनीयतालाई एकीकृत गर्ने सोलुसन्सको आवश्यकता पर्दछ। फोटोन माउन्टेनमा ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीप्रतिको हाम्रो प्रतिबद्धता जोडिएको छ। नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएकोयो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुशनस्थापित गर्दछ।”
शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर फोटोन माउन्टेन ईभीले नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गर्नुका साथै यो गाडी व्यवसाय, फ्लीट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
एमएडब्लू वृद्धिको बारेमा
कम्पनीका अनुसार, यातायातका लागि उच्चस्तरीय समाधानहरूको विकास गर्न र ती साधनहरू उपलब्ध गराउन क्रियाशील एमएडब्लू वृद्धि कमर्सियल नेपालको एक व्यावसायिक सवारी साधन आपूर्तिकर्ता हो। कम्पनी फोटोन सवारी साधनहरूको अधिकृत वितरक हो, जो ग्राहक सन्तुष्टि पूरा गर्दै आफ्नो विश्वसनीयता र कार्यसम्पादनमा गर्व गर्दछ। एमएडब्लू वृद्धि कमर्सियलले उच्च-गुणस्तरका सवारी साधन र विश्वस्तरीय आफ्टर सेल्स सर्भिसका साथ कमर्सियल बिजनेसहरूलाई समर्थन गर्न देशभर शोरूम र सेवा केन्द्रहरूको ठूलो नेटवर्क खडा गरेको कम्पनीले बताएको छ।

सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल