सिकिन्दरका तमिल निर्देशक, जसले दिलाएका थिए बलिउडलाइ पहिलो १०० करोड
मुम्बई । सलमान खान अभिनित ‘सिकन्दर’ले २ दिनमा ५६ करोड कमाएको छ । यसका निर्देशक एआर मुर्गोडोसले धेरै ब्लकबस्टर फिल्म दिएका छन् तर सलमानसँगको पछि सिकिन्दर फिल्मलाई लिएर शंका छ । त्यहाँ मिश्रित समीक्षाहरू आएका छन्। उनको यो फिल्मले उल्लेख्य रूपमा कमाई भने गर्न सकिरहेको छैन ।
आज यहाँ चाँही हामी तपाईलाई मुरगोदासका ब्लकबस्टर फिल्महरूको बारेमा बताउनेछौं, जसका फिल्मका ३ वटा रिमेक हिन्दीमा बनेका छन् र तीनवटै ब्लकबस्टर साबित भएका छन्।
सबैभन्दा पहिले एआर मुर्गोडोसका चर्चित ब्लकबस्टर फिल्महरूको कुरा गरौं। उनले तमिल फिल्म ‘धीना’ बाट निर्देशकको रुपमा डेब्यु गरेका थिए । अजित कुमार अभिनित यो फिल्म सुपरहिट भयो । यसपछि उनले अर्को फिल्म ‘रमना’ बनाए जुन ब्लकबस्टर पनि भयो र तमिलनाडु स्टेट फिल्म अवार्डसहित धेरै अवार्डहरू जित्न सफल पनि भयो ।
एआर मुर्गोडोसले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । सन् २००५ मा उनले ‘गजनी’ बनाए र सफलताका सबै सबै कीर्तिमान तोडेका थिए । पछि उनले कथा, थुप्पाक्की, धीना, सरकार, स्टालिन र ७ ओम अरिवु जस्ता ब्लकबस्टर तमिल फिल्महरू बनाए, जसले उनलाई भारतीय फिल्म उद्योगको स्टार निर्देशकको रूपमा उनलाई स्थापित गराउन भुमिका खेल्यो ।
खासमा एआर मुरुगादासले सन् २००५ मा सूर्या र असिनसँग तमिलमा ‘गजनी’ बनाएका थिए । जुन क्रिस्टोफर नोलनको ‘मेमेन्टो’ (सन २०००) को कथाबाट प्रेरित थियो। फिल्म ब्लकबस्टर बन्यो । तीन वर्षपछि नै उनले आमिर खानसँग यो फिल्म हिन्दीमा रिमेकसमेत गरे। फिल्म ‘गजनी’ मा आमिर खानसँगै असिन र जिया खान थिए । फिल्म ब्लकबस्टर बन्यो । यसले बक्स अफिसमा १०० करोड कमाएको थियो । बलिउडमा पहिलो १०० करोड कमाउने फिल्मको रेकर्डको उनको नाममा जान्छ ।
एआर मुरुगादासले सन् २०१२ मा थालापथी विजय र काजल अग्रवालसँग ‘थुपक्की’ बनाएका थिए। यो फिल्म ब्लकबस्टर भयो। यसको सफलता देखेर ‘होलिडेः अ सोल्जर इज नेभर अफ ड्युटी’ बनाइएको थियो । अक्षय कुमार र सोनाक्षी सिन्हा अभिनित यो फिल्म पनि ब्लकबस्टर भएको थियो ।
एआर मुर्गोडोसले सन् २००६ मा ‘स्टालिन’ बनाएका थिए, जसको हिन्दी रिमेक २०१४ मा आएको थियो। फिल्ममा सलमान खान, तब्बु र डेनी डेनजोङ्पालगायतको प्रमुख भुमिकामा थिए र फिल्मको नाम ‘जय हो’ थियो। यो फिल्म पनि हिट नै भयो । तर, यसलाई निर्देशन भने सोहेल खानले गरेका थिए ।
थालापथी विजय अभिनित चलचित्र ‘कथिथी’ सन् २०१४ मा आएको थियो। यसको तेलुगु रिमेक ‘कैदी नम्बर १५०’ सन् २०१७ मा आएको थियो। अहिले यसको हिन्दी रिमेक बनाउने चर्चा चलेको छ तर आधिकारिक घोषणा भने अझै गरिएको छैन। सो फिल्मले खानेपानी संकट र किसानको समस्यामा केन्द्रित कथामा रहेको छ ।
सम्बन्धित समाचार
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

