अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्लमा दोहोरो भुमिकामा देखिने
हैदरावाद । शाहरूख खानसँग ‘जवान’ निर्देशकको भुमिकामा देखिएका एट्लीले अन्ततः अल्लु अर्जुनलाई आफ्नो नयाँ फिल्ममा समावेश गरिसकेका छन् ।
यसैबिच यो कुरा बाहिर आएको छ कि एटलीले अल्लु अर्जुनलाई दोहोरो भुमिकामा देखाउने छन् । यो खबर बाहिरिए पछि अल्लु अर्जुनका फ्यानहरूमाझ ठूलो चर्चा सिर्जना गरिरहेको छ कि अब उनी दोहोरो भुमिकामा कस्तो देखिने छन ?
वर्षौंको दौडान पछि एट्लीले आफ्नो मुख्य नायकलाई दोहोरो भूमिकामा प्रस्तुत गरेका छन् । यसअघि पनि उनले मार्सल, बिगिल वा जवानमा यो प्रयोग गरिसकेका छन । र, यो उनको फिल्मोग्राफीको विशेषता नै बनिसकेको छ ।
पिपिङमुनको रिपोर्ट अनुसार ब्लकबस्टर अल्लु अर्जुनसँगको नयाँ फिल्म एए २२ पनि दोहोरो भूमिकामा नै काम हुदैँछ । अर्को मेगा स्केल एक्शन प्याक्ड फिल्ममा अल्लु अर्जुनले जुम्ल्याहा भाइहरूको भूमिका खेल्न मञ्जुर भइसकेका छन । जसका लागि अल्लु अर्जुनले आफ्नो अभिनय करियरको पहिलो दोहोरो भूमिकालाई चित्रण गर्न दुई फरक लुक्स अपनाउने भएका छन्।
सन पिक्चर्सले निर्माण गरेको यो फिल्ममा दुई नायकलाई देखाउने भनिएको थियो तर एट्लीको इच्छा विपरीत भएका काम असफल भएका कारण विगत केही महिनामा स्क्रिप्टमा महत्वपूर्ण परिमार्जन गरिएको हो । रिपोर्टका अनुसार कथामा जुन पुनर्जन्मको कथा, जुन फिल्मको मूल विचार थियो, अहिले त्यो हटाइएको छ र कथा अब अल्लु अर्जुनमा मात्र केन्द्रित हुनेछ, जसमा उनीद्वारा निभाउने दुवै मुख्य भूमिकामा अब उनी एक्लै हुनेछन् ।
निर्माताहरूले चलचित्रको लागि तीन नायिकाहरू लक गर्ने अपेक्षा गरिएको छ । जसअनुसार उनीहरूले उत्तर र दक्षिण भारतीय फिल्म उद्योगका कलाकारहरूलाई एकसाथ ल्याउने योजना बनाएका छन् ताकि पान भारत सिनेमाई अनुभव सिर्जना गर्न सकियोस्।
चलचित्र अप्रिल ८, २०२६ मा रिलिज हुँदैछ र यसको प्रोमोमा अबको केही दिनबाट नै सुटिङमा जाने बताइएको छ । यो फिल्म २०२६ को रिलिजको लागि यस वर्षको अगस्ट वा सेप्टेम्बरमा रोलिङ सुरु गर्नेछ ।
सम्बन्धित समाचार
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन

