शुक्रबारबाट जीतपुरसिमरा गोल्डकप
बारा । सिमरा रङ्गशालामा आयोजना हुने १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप आगामी शुक्रबारबाट सञ्चालन हुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताबारे आयोजक नव–जनजागृति युवा क्लबले सिमरा रङ्गशालामा जानकारी गराएको हो ।
आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रङ्गशालाको फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागि हुनेछन् । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान २५ हजार तथा इमर्जिङ प्लेयरले १५ हजार सहित ट्रफि प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, भरतपुर फुटबल क्लब चितवन, सलहेश युवा क्लब सिराहा, मकवानपुर जिल्ला फुटबल संघ हेटौंडा र आयोजक नवजनजागृति युवा क्लब सिमराको सहभागिता रहनेछ ।
क्लबको आर्थिक अवस्था तथा ए डिभीजन क्लबहरुको वर्तमान अवस्थाका कारण सहभागि टिमको संख्या घटाईएको क्लबले जनाएको छ । यसअघिका संस्करणहरुमा कम्तिमा १० टिमको सहभागिता रहने गरेको थियो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामचन्द्र लामा, उपाध्यक्ष राजदास श्रेष्ठ, शंकर थापा, महासचिव शम्भुसिंह ठकुरी सहित क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

