महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रुपमा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्दि«त बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मुल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।
विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । यस सम्मानको प्राप्ती सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणाली भित्र ल्याउन सकिने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
सम्बन्धित समाचार
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
अब विदेशी पर्यटकले पनि नेपालमा फोनपे क्युआरबाटै भुक्तानी गर्न सक्ने
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित
काण्डला बन्दरगाहबाट पनि खाद्य तेलका कच्चा पदार्थ आयात गर्न पाइने,उद्योगलाई लागतमा राहत
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
