Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

कलंकीको बाफलमा कजारियाको नयाँ सोरुम शुभारम्भ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २१
कलंकीको बाफलमा कजारियाको नयाँ सोरुम शुभारम्भ

काठमाडौँ । भारतको नम्बर १ टायल कम्पनि, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बाफल, कलंकीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। राम इम्पोर्ट हाउस् द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको बताइएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका भु.पु अध्यक्ष कुश कुमार जोशीको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिहरुले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे। उनले भने, “हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ।”

कलंकीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरू उपलब्ध गारई ग्राहकहरूलाई सजिलो पहुँच प्रदान गर्ने कम्पनीले जनाएको छ । कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लैजाने बताइएको छ ।

कजारियाले प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको सुरुवात गरिएको र महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने कम्पनीको दाबि रहेको छ ।

४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको  छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिने कम्पनीले बताएको  छ ।

 

Top Changing Nepal

युट्युब सट्स